HomeFeatureपार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्छ:  देउवा

पार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्छ:  देउवा

काठमाडौं, 30 नवम्बर 2021

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवाले पार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्ने बताउनुभएको छ ।सुवर्ण शमशेर अध्ययन प्रतिष्ठान र गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा देउवाले यसअघि पार्टीभित्रै अन्तर्घात हुदा कांग्रेस कमजोर भएको भन्दै अव पार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्ने बताउनुभएको हो ।कांग्रेसलाई अन्तर्घातबिहीन बनाउनुपर्ने भन्दै उहाले अर्को पार्टीको चिन्ता नभई आफ्नो पार्टीको चिन्ता गर्न नेताहरुलाई सुझाव दिनुभयो । त्यस्तै देउवाले पार्टीमा आफूले परिपक्क निर्णय गर्ने गर्दा ढिलो हुने गरेको भन्दै छिटो निर्णय गरेर पछुताउनुभन्दा निर्णय नगर्नु बेश भएको जिकिर गर्नुभयो । त्यसअघि कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दलभित्र र बाहिर आफ्ना प्रतिस्पर्धीहरूप्रति असहिष्णु हुने प्रवृत्ति सुधार गर्न केपी ओलीलाई सुझाव दिनुभएको थियो । त्यस्तै उहाले देउवालाई समेत १४ औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेर विश्राम लिन सुझाव दिनुभयो । त्यस्तै कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महतले पार्टी नेतृत्वले समयमा नै निर्णय लिन नसक्दा समस्या हुने गरेको बताउनुभएको थियो । कार्यक्रममा रामचन्द्र घिमिरेले लेख्नुभएको राजनेता सुवर्ण शमशेर बिषयक पुस्तक बिमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...