काठमाडौं, 15 दिसम्बर 2021
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि मतगणना भइरहेको छ । पार्टी कार्यालय सानेपामा मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ । सभापति शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट डा. राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिनुभएको थियो । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।









































