गुल्मी, 17 मार्च 2020
गुल्मीको धुर्कोट गाउँपालिका 2 पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सञ्चालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले आफ्नो कार्यसमिति पुनर्गठन गरेको छ। विभिन्न सामाजिक कार्य गर्दै आएको सञ्जालले राम प्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षद्वय अमृत कुमार खड्का र लक्ष्मण जी सी चयन हुनुभएको छ भने महासचिवमा मेहर सिंह बस्नेत, सचिव सालिकराम बि क, सहसचिव विष्णु बि क, कोषाध्यक्ष प्रितम खड्का, सहकोषाध्यक्ष राम प्रसाद खनाल, शिक्षा तथा स्वास्थ्य संयोजक कमल बस्नेत, सांस्कृतिक संयोजक युवराज खड्का, खेलकुद संयोजक ज्ञान बहादुर जी सी, सङ्गठन बिस्तार प्रमुख निरञ्जन थापा, सूचना तथा सचांर संयोजक कृष्ण जी सी, नरेश जी सी स्थानीय संयोजक र सदस्यहरूमा प्रदीप खड्का, नवीन महत, नारायण थापा, प्रेम सागर वि क, रामु परियार, सुनिल परियार, बाबुराम खड्का, प्रशान्त खनाल, प्रेम खनाल, द्रोण जी सी, टङ्क महत, प्रकाश केसी, लक्ष्मण परियार, उमेस् खड्का, अर्जुन खनाल रहेका छन्। त्यस्तै समितिको सल्लाहकार समितिमा कृष्ण प्रसाद खनाल, कमल जी सी, टोप बहादुर गौतम, महेन्द्र थापा बुटवल, नवीन जी सी (वडा अध्यक्ष), असीम महत, रविन महत, रमेश खड्का, महेन्द्र गौतम, कमल जी सी (काठमाडौँ), मोहन खड्का, राजेन्द्र खड्का, निरञ्जन खड्का, दीपक खनाल, डिम बहादुर महत, अर्जुन ज्ञवाली, बित्रम खड्का र हिम शिखर रहेका छन्।
पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले वडाको चौतर्फी विकासको लागि काम गर्दै आएको छ। जसमध्ये साबिकका गाविसवासीको समस्यालाई मध्यनजर गर्दै तीन वर्ष अगाडि स्वास्थ्यचौकीलाई एम्बुलेन्स् हस्तान्तरण गरेको थियो भने विभिन्न जनचेतनामूलक होर्डिङ्ग बोर्ड विभिन्न चोक तथा सिमानाहरूमा लगाएको थियो। साथै उक्त संस्थाले थुप्रै विपन्न र असहायहरूलाई आर्थिक सहयोग गराउँदै पनि आएको छ।









































