कैलाली, 25 जनवरी 2020/ हिम शाह
“पीआईएम नेपाल फिल्म फेस्टिवल 2020”-को बृहत् समापन समरोह सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्पन्न भएको छ। गत 23 जनवरीबाट सुरु भएको यस दुई दिने पीआईएम नेपाल फिल्म फेस्टिवलको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको हो। अभिनेता देव गुरुङ र गीतकार लोकराज अधिकारीले संयुक्त रूपमा संचालन गर्नुभएको समापन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका उघाेग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी संगीतकार शम्भुजित बासकाेटा र बसुन्धरा भुसाल विशिष्ट अतिथि रहनुभएको थियो। समारोहमा राष्टिय बाणिज्य बैंक सुदूरपश्चिम प्रदेश प्रमुख रणबहादुर चन्द, सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठ, पीआईएम नेपालका अध्यक्ष माधब खरेल र पीआईएम नेपाल फिल्म फेस्टिवलका अध्यक्ष कमला जोशीलगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पीआईएम नेपालका अध्यक्ष माधव खरेलले नेपाली भेषभुषा, भाषा अनि संस्कृतिको जगेर्ना साथै प्रर्वदनका लागि यस वर्ष विशेष रूपमा पीआईएम नेपाल फिल्म फेस्टिवलको दोस्रो संस्करण धनगढीमा आयोजना गरिएको बताउनुभयो। उहाँले पीआईएम नेपालको फिल्म फेस्टिवलको तेस्रो संस्करण भैरहवा हुने जानकारी पनि दिनुभयो। समारोहमा दाेस्राे पीआईएम नेपाल फिल्म फेस्टिवल 2020-का अध्यक्ष कमला जाेशीलगायतले सम्बोधन गर्नुभएको थियो।
समाराेहलाई शम्भुजित बासकोटाले संगीतमय बनाएका थिए भने चक्र बमले आफ्नो बेजाेड प्रस्तुतिले दर्शकहरूलाई नाच्न बाध्य बनाएका थिए। साथै स्थानिय कलाकारले आफ्नाे प्रस्तुति पस्किएका थिए। कार्यक्रममा हस्य कलाकार समीर लामाले आफ्नो प्रस्तुतिले दशर्कहरूलाई हसाएका थिए।
समारोहमा संगीतकार शम्भुजित बासकोटालाई दिर्घ साधना सम्मानसहित सम्मानपत्र र नगत 25 हजार 525 -ले सम्मान गरिएको छ। त्यसैगरी बसुन्धरा भुसाललाई सवर्ण साधना सम्मानपत्र सहित नहत 25 हजार 525-ले सम्मान गरियाे। समारोहमा चलचित्र क्षेत्रको विकासमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मानित गरिएको छ।
कार्यक्रममा गायक रामचन्द्र काफ्ले, यम बराल, चक्र बम, देउडा गायक ध्वज महरा, एन आर रिमाल, राज चाैधरी चलचित्रकर्मी तारा देउबालगायतले समेत आफ्नो प्रस्तुती दिएका थिए।









































