HomeFeatureपुर्ननिर्माण प्राधिकरणले ५ वर्षका अनुभवहरु आदानप्रदान गर्न ‘भर्चुअल’ राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने

पुर्ननिर्माण प्राधिकरणले ५ वर्षका अनुभवहरु आदानप्रदान गर्न ‘भर्चुअल’ राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने

काठमाण्डौं, 22  अगस्त 2020

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले गत ५ वर्षमा भए/गरेका काम र अनुभवहरु आदानप्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । सोमबारबाट तीन दिनसम्म चल्ने परिसंवादमा भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुर्नस्थापनामा प्राप्त गरेका अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्नेछ । भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । सोमबारबाट हुने कार्यक्रममा ५३ वटा सोधपत्रहरु रहेको उहाँले बताउनुभयो । हाउजिङ, ग्रामिण घरहरु, सहरी घरहरु निर्माण गर्दाका समस्या र चुनौतीको बारेमा जानकारी दिइने उहाँले बताउनुभयो । हाउजिङ विधामा मात्रै २४ वटा पेपर रहेको उल्लेख गर्दै उहाँले सम्पदाहरुमा काम गर्दा आएका समस्या, समाधान कसरी भए, कम खर्चमा भूकम्प प्रतिरोधी घरहरु कसरी बनाउन सकिन्छ भन्ने कुराहरुको विषयमा सोधपत्रहरु रहेको उहाँले बताउनुभयो । विषयगत क्षेत्रहरु निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवं सुशासनबारे छलफल हुने उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणले आगामी नोभेम्बरमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्तिहरुलाई एउटै मंचमा ल्याएर पुनर्निर्माण तथा पुनर्स्थापनाका क्रममा प्राप्त सफलताहरु, उपलब्धी एवं कमीकमजोरीबारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो ।  परिसंवादमा प्राधिकरणलगायत सरकारी निकाय प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरु, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि एवं कार्यपत्रका प्रस्तोताहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...