HomeFeatureपुर्व परराष्ट्र मन्त्री  महेन्द्र बहादुर पाण्डेद्वारा  मदन भण्डारी क्रिकेट च्याम्पियनशिप-2019-का विजेता खेलाडीलाई...

पुर्व परराष्ट्र मन्त्री  महेन्द्र बहादुर पाण्डेद्वारा  मदन भण्डारी क्रिकेट च्याम्पियनशिप-2019-का विजेता खेलाडीलाई शिल्ड हस्तान्तरण

सुबास बस्नेत, नयाँ दिल्ली

पहिलो मदन भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट च्यामपेंनशिप-२०१९को पुरस्कार वितरण कार्यक्रम आइतबार  राजधानी दिल्लीमा सम्पन्न भएको छ ।   १९, देखि २१,  डीसेम्बेर,२०१९ सम्म  विनय मार्ग इस्पोर्ट  कंप्लेक्स, विनय मार्ग, चानक्यपुरी, नयाँ दिल्लीमा मदन भंडारी इस्पोर्ट एकेडमी इन्डिया द्वारा आयोजित  तिन दिने टि-20 क्रिकेट च्यामपेंनशिप-२०१९ को पुरस्कार वितरण  आइतबार एक भव्य कार्यक्रमका बीच गरियको छ ।  कार्यक्रममा भ्रमण वर्ष २०२० को प्रमोशन र इन्द्रेणीको विशेस साँस्कृतिक प्रस्तुति समेत राखियको थियो ।

कार्यक्रममा प्रमुख अथितिको रुपमा उपस्थित नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्रि तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य महेन्द्र बहादुर पाण्डे, विशेस अथितिहरु भारतका लागि नेपाली महामहिम राजदुत निलाम्बर आचार्य र नेपाली राजदुतवास नया दिल्लीका डीसीएम भरत कुमार रेग्मी लगायतले  दिप प्रजलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले टि–२० क्रिकेट प्रतियोगितामा विजय हुने युनाइटेड मधेसी अफ नेपाल तथा प्रथम रनरअपमा साउथ एसियन युनिभर्सिटी क्रिकेट टिमका खेलाडीहरुलाई  मेडल, प्रमाणपत्र तथा शिल्ड हस्तान्तरण गरेको थियो । साथै भारतमा बसोवास गरि चार्टर्ड अकाउन्टेन्टको पढाई सक्याएको बिद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको थियो।

कार्यक्रममा बोल्दै भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले भारत र नेपाल बीचको सम्बन्ध अझै मजबुत हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो खेलकुद आयोजनाले नेपालको इज्जत प्रतिष्ठा अझ मजबुत बनाउन सहयोग गर्छ।’  त्यस्तै पूर्व परराष्ट्रमन्त्री तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य महेन्द्र बहादुर पाण्डेले मुलुकको भबिस्य निर्माण गर्ने सबै बिद्यार्थी तथा विजय हुने खेलाडीहरुलाई बधाई तथा प्रगतिको कामना व्यक्त गर्नु भयो । उहाँले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालीको समेत अहम भूमिका रहेको विषयमा  प्रकाश पार्नु भएको थियो साथै  नेपालमा भएको आन्दोलनमा भारतको पनि उत्तिकै सहयोग र साथ रहेको कुरा समेत आफ्नो भनाइमा उल्लेख गर्नुभयो । युवा समाजसेवी सन्दिप राणाले जननेता मदन भण्डारी अझै हामी बीच रहनु भएको भए आज नेपाल धेरै अगाडी भइसकेको विचार व्यक्त गर्नु भयो ।

बिश्व भरिका नेपालीहरुले अत्यधिक मन पराएको प्रख्यात कार्यक्रम एबिसि ईन्द्रेणीको विशेष साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।   इन्द्रेणी टिम २/४ जनाको ग्रुपमा  विदेश भ्रमण गएपनी  अहिले सम्मको  १७ जनाको सिंगो इन्द्रेणी टिमलाइ पहिलो पटक भारत भ्रमणमा बोलाउदा  आफु अत्यन्तै हर्षित भएको कृष्ण कंडेलको बताए ।

नेकपाका केन्द्रिय सदस्य कमल चुलागाइ, नेपाली राजदुतावास देखि  पोलीटिकल काउन्सोलर श्री हरि प्रसाद ओडारी, इकोनमिक मिनिस्टर  निता अर्याल, कल्चरल काउन्सोलर होम प्रसाद लुइँटेल, प्रवासी नेपाली एकता मंचका केन्द्रिय संयोजक लोकनाथ भण्डारी, साउथ एसियन युनिवर्सिटीका प्रोफेसर डाक्टर युबराज पोखेरल, मदन भंडारी इस्पोर्ट एकेडमीका केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय इन्चार्ज गोपाल थापा, अखिल भारत नेपाली एकतामंचमा केन्द्रिय सचित आरबि खड्का, युबा समाजसेवी सन्दिप राना विशिस्ठ अठिकोरुपमा उपस्थित थिए ।   साथै प्रवासमा कार्यरत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, ब्यबसायिक बैंक तथा ट्रावल कम्पनिका   दर्जनौ प्रतिनिधिहरु कार्यक्रममा उपस्थीत  रहेका थिए ।

कुल आठ टिम सहभागी गराइको टि-२० खेलमा आफ्नो उत्कृस्ट प्रदर्शन  देखाउदै (युएमओएन)  युनाइटेड मदेसी आफ नेपाल- गलाइडेटर टिमले  पहिलो  मदन भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट च्यामपेंनशिप-२०१९ को कप हात पार्न सफल भएको छ । त्यस्तै फाइनलमा ६९  रनले पछि परेको साउथ एसियन युनिवर्सिटीको टिम रनरअप भएको छ ।

टर्स जितेर पहिले फिल्डिंग रोजेको  साउथ एसियन युनिवर्सिटी क्रिकेट क्लबलाइ पहिले ब्याटिंग गर्दै युनाइटेड मदेसी आफ नेपाल- गलाइडेटर टिमले ९ विकेटको  नुक्सान सहित २० ओवरमा १५२ रनको टार्गेट दिको थियो । प्रतिस्पर्दामा फिल्डमा उत्रिएको साउथ एसियन युनिवर्सिटी क्रिकेट क्लब टिमले  ऑल विकेटको क्षेतीमा २० ओवरमा मात्र ८३ रन हात पार्न सफल भयो ।  युनाइटेड मदेसी आफ नेपाल- गलाइडेटर टिमले  (युएमओएन) ६९ रनले सानदार जित हासिल गर्दै पहिलो ” मदन भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट च्यामपेंनशिप-२०१९” को कप हात पार्न सफल भएको छ ।

मदन भण्डारी फाउंडेशन अंन्तर्गत संचालित मदन भण्डारी इस्पोर्ट एकेडमी नेपालले छिमेकि राष्ट्र भारतमा  वैधानिकता पाय संगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आयको छ । खेल प्रति अभिरूची भएका तर खेल्ने वातावरण बाट बंन्चित प्रवासी खेलप्रेमी साथीहरूलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याऊने र सहज खेल वातावरण सिर्जना गर्ने उदेश्य र खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ मित्र राष्ट्र भारतमा मदन भंडारी इस्पोर्ट एकेडमी इन्डियाको स्थापना गरिएको हो ।

खेल र खेलाडीहरुको लागि उच्च सम्मान गर्दै आफ्नो खेल संचालनले छोटो समयमा नै धेरै उपलब्धिहरु हासिल गरीरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरुसंग पनि इंडो नेपाल मैत्रीपूर्ण खेलहरु सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भंडारी इस्पोर्ट एकेडमी इंडिया अधिकारिक खेल सस्थाको रुपमा स्तफित भएको हो ।

मदन भण्डारी इस्पोर्ट एकेडमी  इन्डियाले  इन्डो नेपाल मैत्रीपूर्ण खेल आयोजनाको पुर्व तयारी स्वरुप आफ्नो पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्यामपेंनशिप-२०१९ सम्पन्न गरेको छ ।

कार्यक्रम मदन भंडारी इस्पोर्ट एकेडमी इन्डिया प्रेस संयोजक सुबास बस्नेतको संचालन र एकेडमीका उपाध्यक्ष कुल बहादुर सिंजालीको अध्यक्षतामा सम्पन्न गरियको थियो । कार्यक्रममा भ्रमण वर्ष-२०२० लाइ समेत खेलाडीहरुका ड्रेस, व्यानर र पोस्टरमा समेत छपाएर बिशेस महत्वका साथ प्रचार प्रसार गरियको थियो । कार्यक्रम सामुदायिक भवन, एन्ड्रियुज गन्ज, नयाँ दिल्ली सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...