काठमाडौं, 18 जून 2022
पूँजीबजार सुधारको माग गर्दै आन्दोलनरत शेयर लगानीकर्ताहरुले शनिबार प्रदर्शन गरेका छन् । पूँजी बजार सुधार संघर्ष समितिले आफुहरुले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै ललितपुरको खुलमटारस्थीत धितोपत्र बोर्डको कार्यालय नजिकै र्याली सहित प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरुले पूँजी बजारको सुधार र बिकास रोक्न पाईदैन, नेप्सेको पुनसंरचना गर, धित्तोपत्र बोर्डलाई स्वयत्त बनाऔ लगाएतका नारा लगाएका थिए । पूँजीबजार सुधारको माग सहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ४ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ । अनसनमा बसेका कोईरालाको स्वास्थ्य अवस्था कमजोर बन्दा समेत सरकारको ध्यान नगएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।









































