HomeFeatureपूर्वप्रधानमन्त्रीहरूले नै भ्रष्टाचार ढाकछोप गरिरहेका छन् मेटमणि चौधरीको आरोप

पूर्वप्रधानमन्त्रीहरूले नै भ्रष्टाचार ढाकछोप गरिरहेका छन् मेटमणि चौधरीको आरोप

काठमाडौं, 21 जनवरी 2023

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीहरूले भ्रष्टाचार ढाकछोप गरिरहेको आरोप लगाएका छन । आफूहरूले संविधानलाई सर्वोच्च स्थानमा राख्ने काम गरे पनि सांसदहरू भ्रष्टाचारमा लागेका र कतिपय प्रधानमन्त्रीहरू नै त्यस्ता भ्रष्टार ढाकछोपमा लागिपरेका भन्दै चिन्ता व्यक्त गरे। उपसभामुखमा मुक्ताकुमारी यादवलाई समर्थन गर्न पुगेका यादवले विगतमा राष्ट्रपतिसँग समय मिलाएर प्रधानमन्त्रीले संविधान उल्लघंन गरेको बताए।

संसदमा कुतर्क गर्नेहरूलाई ४७ सालको र ७२ को संविधानको कोचिङ क्लास व्यवस्था गर्नुपर्ने उनले बताए।

संविधानको धारा र उपधारा सम्झाउँदै उनले राम्रोसँग पढाउने र त्यसका मर्म र भावना सांसदहरूलाई सिकाउनुपर्ने बताए। ‘प्रतिनिधिसभामा कोचिङको कक्षा व्यवस्था छैन भने मेरो तलब सुविधाबाट काटेर कुतर्क गर्नेहरूलाई राम्रोसँग पढाउन म अनुरोध गर्न चाहन्छु,’ सांसद चौधरीले भने।

नेपालको संविधान अफ्ठ्यारो अवस्थाहा रहेको भन्दै उनले यस्तो लोकतान्त्रिक यो व्यवस्था अन्तिम पटक हुन सक्ने चिन्ता जनाए। पूर्वप्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै उनले अहिले पनि संसदमा त्यस्ता व्यक्ति हुन्जेल नेपालको संवैधाननिक व्यवस्था धुजाधुजा हुने बताए।

उनले सभामुख देवराज घिमिरेलाई बधाई समेत दिए ।

उनले भने,‘कसैको यस म्यान बन्नुहुने छैन भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...