काठमाण्डौ, 4 अगस्त 2021
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। करिब एकमहिनादेखि भारतको दिल्ली स्थिति एप्पोलो अस्पतालमा उपचाररत् खनालको मृगौला प्रत्यारोपण गरिएको हो। खनालको प्रत्यारोपण सफल भएको उनको सचिवालयले जनाएको छ। डा. सन्दीप गुलेरिया नेतृत्वको चिकित्सकको टोलीले खनालको मिर्गौला प्रत्यारोपण गरेको हो। खनाल स्वास्थ्यलाभका लागि केही समय फेरी पनि अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ। ‘अब उहाँले केही समय अस्पतालमै आराम गर्नुहुनेछ। स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किनु हुनेछ,’ सचिवालयले भनेको छ। स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल स्वास्थ्य उपचारका लागि भारत गएका थिए।









































