काठमाण्डौ, 9 फरवरी 2020
पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको स्मृति दिवस मनाइएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका शीर्ष नेताहरुले स्मृति दिवसका अवसरमा कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कोइरालाको सम्झना गरेका छन् ।

२०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली काँग्रेसको सभापति बन्नुभएको थियो । पार्टी सभापति रहेकै बेला उहाँको निधन भएको हो । २०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो । उहाँलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।









































