काठमाडौं, 20 अप्रैल 2021
पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना परीक्षण गराउनुभएको थियो ।उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको निर्मल निवास स्रोतले जनाएको छ ।स्वदेश फर्कनु अघि शाह दम्पतीले भारतमा कोरोना परीक्षण गराउँदा भने त्यसको नतिजा नेगेटिभ आएको थियो ।भारतको हरिद्वारमा गंगा स्नानमा सहभागी धेरैलाई कोरोना संक्रमण भएको छ ।









































