HomeFeatureपूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती

ललितपुर, 23 दिसम्बर 2021

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती कांग्रेस र शुभेच्छुक संस्थाले बिभिन्न कार्यक्रमको आयोजना गरेका छन । जन्मजयन्तीमा भट्टराई निवास ललितपुरको बाँडेगाउँमा सरकारले बनाइदिएको आश्रम भने सुनसान रह्यो । कोरोना महामारीपछि बाँडेगाउँमा कुनै कार्यक्रमको आयोजना गरिएको छैन । यस बर्ष ललितपुरको सातदोवाटोदेखि बाँडेगाउसम्मको सडकको जिर्ण अवस्था र कोरोना जोखिमका कारण कुनै कार्यक्रम आयोजना नगरिएको बताइएको छ । बाँडेगाउँमा भट्टराईको पूर्णकदको शालिक समेत रहेको छ । किशुनजीका नामले परिचित सन्त नेता भट्टराई राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बस्नुभएको थियो । उहाले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । माओवादीसँग १२ बुँदे समझदारी गरेर कांग्रेसले राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रमा गएको भन्दै रुष्ट बनेका पूर्व प्रधानमन्त्री भट्टराईले जीवनको उत्तराद्र्धमा कांग्रेस परित्यागको घोषणा गर्नुभएको थियो । सन् १९२४ पुष ८ गते भारतको बनारसमा जन्मिनुभएका भट्टराईको विक्रम सम्वत् २०६७ साल फागुन २० गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...