HomeFeatureपूर्व फिफा रेफ्री खत्रीको निधन

पूर्व फिफा रेफ्री खत्रीको निधन

काठमाडौं, 4 अक्तूबर 2021

पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो । सोमबार बिहान मर्निङ वाक गरेर नुहाउनका लागि वाथरुममा छिरेका खत्री लडेपछि उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो । खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताउनुभएको थियो । उहाले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गर्नुभएको थियो । उहाँ करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तराष्ट्रिय फुटबलमा सहभागी हुनुभएको थियो । खत्रीको निधनपछि उहाँको पार्थिव शरिरलाई एन्फा कम्प्लेक्समा राखिएको थियो । एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले एन्फाको झण्डा ओढाएका थिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खत्री सवैभन्दा राम्रो रेफ्री भएको र एन्फाले सदैव सम्झने बताउनुभयो । त्यस्तै पूर्व फुटबल खेलाडी उपेन्द्रमान सिंहले खत्री अत्यन्त्रै मिलनसार व्यक्तित्व रहेको र नेपाली फुटबल जगतमा उहाको योगदान अविश्मरणीय रहेको बताउनुभयो । खत्रीले सन् २०१८ मा रेफ्रीबाट अवकासमा लिनुभएको थियो । त्यसपछि उहा रेफ्री प्रशिक्षकको भुमिकामा काम गर्दै आउनुभएको थियो । उहाका एक श्रीमती र एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...