HomeFeatureपूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट

काठमाण्डौ, 11 मार्च 2020

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट भएको छ।भक्तपुर लोकन्थलीस्थित मनहरा फाँटमा रहेको बास्कोटाको घरमा बुधबार बिहान विस्फोट भएको हो। बास्कोटाको निर्माणाधिन घरमा रिमोट कन्ट्रोल प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटबाट घरको कम्पाउण्ड र झ्यालमा क्षति पुगेको छ। प्रहरीका अनुसार छिमेकीको घर र एउटा भ्यानमा समेत क्षति पुगेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा विचौलियासँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। उहाँ मन्त्री भएदेखि नै प्रधानमन्त्रीको बालकोटस्थित घरमा बस्दै आउनुभएको छ। विस्फोट कसले र किन गरायो भन्ने आधिकारीक जानकारी प्रहरीले नदिए पनि घटनास्थलमा विप्लव समूहको पर्चा फेला परेकाले विस्फोट उक्त समूहले नै गरेको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...