काठमाडौं, 26 अकतूबर 2021
नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्भभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन पूर्व सुरक्षाकर्मी परिषद्ले आह्वान गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरेको हो । कार्यक्रममा पुर्व डिआईजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर गरिरहेको प्रयास र नेपाली जनताको सार्वभौमसत्ता माथि सधै खेलिरहने भारतको मनसाय कायमै रहेको बताउनुभयो । भारतसंग मैत्रीपूर्ण सम्बादबाट समस्याको समाधान खोजिनुपर्ने समेत उहाले बताउनुभयो । राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उहाले पूर्व सुरक्षा निकायमात्रै नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेला आईसकेको बताउनुभयो । त्यस्तै, कार्यक्रममा बोल्दै पूर्व जर्नेल डा. प्रेमसिह बस्न्यातले विकासका नाममा एमसीसी भित्राउन लागेको आरोप लगाउनुभयो । सार्वभौम स्वतन्त्रता र स्वाधिनतालाई कुल्चने भु्टानी मोडलको राजसंस्था आवश्यक नरहेको उहाको भनाई छ । यसैगरी, कार्यक्रममा सामाजिक अभियन्ता राजेन्द्र केशरी पाण्डेले नेपाल कहिल्यै कसैको गुलाम नभएको भन्दै राष्ट्रियताको सवालमा प्रश्न उठाउछ भने पुर्व सुरक्षाकर्मी कुनै हालतमा चुप नबस्ने बताउनुभयो ।









































