HomeFeatureपेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी : सरीता...

पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी : सरीता गिरी

काठमाडौँ, १ मार्च, २०२०
समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टीका सांसद सरिता गिरीले सरकारले आफ्नो असफलता लुकाउन करको दायर बढाएको भन्दै फिर्ता लिन माग गर्नुभयो । संसदको सार्वभौमिकता मिचेर चोरबाटोबाट मन्त्रिपरिषदले कर थप्ने निर्णय गर्न नसक्ने भन्दै उहाँले पूर्वाधार विकास करको नाममा पेट्रोलमा सतप्रतिशत कर बढाउने निर्णयको घोर निन्दा गर्नुभयो ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले बुढिगण्डकी निर्माणका लागि डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने निर्णय गरेको भएपनि अहिले सरकारले पूर्वाधार विकास करको नाममा १० रुपैयाँ लिने निर्णय गर्नु उचित नभएको बताउनुभयो । आयल निगमले प्रदुषण कर, रोड करका नाममा उपभोक्ताबाट कर लिइरहेको उल्लेख गर्दै उहाँले सरकारले जनतालाई मुर्ख बनाएर दोहोर कर लगाइएको बताउनुभयो । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वधार विकास करको दर परिमार्जन गर्दै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ कर बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...