काठमाडौं, 6 जनवरी 2023
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान गर्न गतिशील ढङ्गले काम अगाडि बढाउने विश्वास दिलाए ।
‘वर्तमान सरकार केही महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं। सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ। पुस २६ गते सरकारले संसदसमक्ष विश्वासको मत लिने कार्यक्रम रहेको छ’, पौडेलले भने, ‘विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ। मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद् राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशित रुपमा अगाडि बढ्नेछ।’









































