मोरङ, २४ जनवरी
भारतबाट प्याज ल्याउने क्रममा व्यापारीबाट घुस लिएको आरोपमा सशस्त्र प्रहरी सीमा सुरक्षा बलका निरीक्षकसहित दुई जना विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्वा दर्ता गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी मोरङका कार्यालय प्रमुख थापा र जवान शशितनारायण विश्वासले भारतबाट प्याज ल्याउने व्यापारीसित घूस लिने गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् ।









































