काठमाडौं, 26 अक्टोबर 2023
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको आक्रमणबाट मृत्यु भएका भनेर प्यालेस्टाइनले सार्वजनिक गरिरहेको तथ्यांकमा आफूलाई विश्वास नलागेको बताएका छन्। बुधबार पत्रकार सम्मेलनमा राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनले सार्वजनिक गरिरहेको मृतकको संख्यामा आफूलाई विश्वास नलागेको बताएका हुन्।
‘प्यालेस्टिनीहरूले कति मानिसहरू मारिएका छन् भन्नेबारे सत्य बोलिरहेका छन् भन्ने कुरामा मलाई कुनै विश्वास छैन । म निश्चिन्त छु कि निर्दोषहरू मारिएका छन्, तर यो युद्ध लड्नुको मूल्य हो’, बाइडेनले भने । बाइडेनले इजरायलविरुद्ध युद्ध प्रचार गर्नेहरूको कुरामा ध्यान केन्द्रित नगर्न इजरायल होसियार रहनुपर्ने समेत बताए । ‘यो इजरायलको हितविरुद्धको कुरा हो । प्यालेस्टीहरूले भनिरहेको मृतकको संख्यामा मलाई विश्वास छैन’, बाइडेनले भनेका छन् ।
बाइडेनको उक्त टिप्पणीमाथि काउन्सिल अन अमेरिकन-इस्लामिक रिलेसन (सीएआईआर) ले असन्तुष्टि व्यक्त गर्दै ‘विचलित’ बनाएको भन्दै राष्ट्रपतिलाई माफी माग्न आग्रह गरेको छ । गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले सात अक्टुबरदेखि जारी भएको इजरायली आक्रमणबाट २७ बालबालिकासहित ६५०० प्यालेस्टाइनीको मृत्यु भएको दावी गरेको छ।