HomeFeatureप्यूठानका 67 वर्षीय भागिरथ भण्डारी एकवर्षदेखि सम्पर्कविहीन, भारतमा कतै रहेको आशंका, खोजिदिन...

प्यूठानका 67 वर्षीय भागिरथ भण्डारी एकवर्षदेखि सम्पर्कविहीन, भारतमा कतै रहेको आशंका, खोजिदिन परिवारको आग्रह

नयाँ दिल्ली, 6 नोभेम्बर

प्यूठानका एक 67 वर्षीय वृद्ध सम्पर्कविहीन भएपछि उनको परिवार खोजीमा जुटेको छ । प्युठान जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर 10, नगवा गाउँ हाल प्युठानको नौवैहिनि गाउँ पालिका वाड नम्बर 8 का स्थायी वासिन्दा भागिरथ भण्डारी पछिल्लो एकवर्षदेखि घरबाट सम्पर्कविहीन भएका छन । घरमा केही नभनि गएका भागिरथ भण्डारी एकवर्षसम्म पनि सम्पर्कमा नआएपछि उनको खोजीको काम तीव्र पारिएको छ । भागिरथ भण्डारीको घरमा श्रीमति र 2 छोरा र एक छोरी छन । 2 छोरा मध्ये जेठो छोरा खुमिराम भण्डारी रोजगारीको सिलसिलामा सउदी अरबमा छन भने अर्को छोरा चेन्नईमा छन ।
छोरा खुमिराम भण्डारीका अनुसार बुवा पहिला पनि केही नभनि हिडने गरेकाले लामो समयसम्म खोजीको प्रयास गरिएन । तर एक वर्षसम्म पनि बुवाको बारेमा केही थाहा नभएपछि अहिले खोजीको प्रयास गरिएको हो । खुमिरामले बुवा भागिरथ भण्डारी भारतको उत्तर प्रदेश, हिमाचल प्रदेश वा कुनै धार्मिक स्थलमा भएको हुन सक्ने आशंका व्यक्त गरेका छन ।
बुवा पहिले पनि केही नभनि आउने जाने गरेको भएपनि अहिले कोभिड-19 महामारी चलेको र लामो समयसम्म सम्पर्कमा नरहेकाले बुवाका लागि निकै चिन्तित रहेको खुमिरामले बताएका छन ।
तस्वीरमा देखिएका भागिरथ भण्डारीलाई कतै देख्नु भएको छ भने नेशनल लाईभमा अथवा नेपालमा रहेकी भागिरथकी श्रीमति भक्ति देवी भण्डारीलाई 9843723346 सम्पर्क गरिदिन आग्रह छोरा खुमिरामले गरेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...