प्यूठान, 30 जुलाई 2022
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिपको दुर्घटना भएको छ। स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका-३ की ३२ वर्षीया गुडिया ठाकुर मृत्यु हुनेमा रहेको प्रहरीले बताएको छ । त्यस्तै दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार जिपमा १७ यात्रु सवार थिए । रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका थिए । घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारपछि एडवन सिटी अस्पताल बुटवल पठाउने क्रम जारी छ घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।









































