HomeFeature‘प्रकाण्ड’प्रचण्ड चाहाँदैनन् , विप्लव आउन मान्दैनन्

‘प्रकाण्ड’प्रचण्ड चाहाँदैनन् , विप्लव आउन मान्दैनन्

काठमाडौं , २१ जनवरी २०२०
सरकारले प्रतिबन्ध गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्रका दुई तथ्य फेला परेको छ ।

सरकार आक्रामक हुँदै नेता कार्यकर्तामाथि कारबाही र पक्राउमा उत्रिनु र प्रभावशाली मानिएका नेता नै पार्टी छाडी सत्तारुढ नेकपामा प्रवेश गर्नुले प्रतिबन्धित पार्टीभित्र भुइँचालो गएको छ ।

प्रतिबन्धित पार्टीका नेता कार्यकर्ताले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत सेफल्यान्डिङका विषयमा कुरा चलाइरहेका छन् । तर, प्रचण्ड कुनै पनि हालतमा विप्लवकै नेतृत्वमा पार्टी समाहित हुनुपर्छ भन्ने सन्देश दिइरहेका छन् ।
उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सत्तारुढ नेकपामा प्रवेश गर्नका लागि तयार रहेका छन् भने विप्लवले तत्काल आत्मसमर्पण नगर्ने बताउँदै आएका छन् ।

प्रभावशाली नेता र कार्यकर्ता पक्राउ गरेपछि विप्लव समूह कमजोर भएको मुल्यांकन विभिन्न चरणमा हुन थालेको छ । उक्त कमजोर समूहभित्र पनि प्रकाण्ड बहुमतमा रहेको स्रोतले जनाएको छ । विप्लव समूहलाई नेकपामा प्रवेश गराउनका लागि प्रचण्डले वार्ता जारी राखेका छन् । बहुमत सदस्य नेकपामा ल्याउन प्रकाण्ड तयार छन् तर प्रचण्ड उनलाई विश्वास गर्दैनन् ।
सरकारले उक्त पार्टीलाई प्रतिबन्ध गर्नुअघि प्रचण्डलाई नै ज्यान मार्न सक्ने खतरा रहेको कारणलाई अगाडि सारेको थियो । उक्त समूहभित्र प्रकाण्डकै नेतृत्वमा त्यस्तो निर्णय भएको बताइन्छ । त्यसै कारण पनि प्रकाण्ड र विप्लवबीच मनमुटाव रहेको स्रोतको दाबी छ ।
हिंसात्मक गतिविधिमा सक्रिय भएपछि सरकारले विप्लव समूहमाथि पक्राउ र कारबाहीको श्रृङ्खला अगाडि बढायो । यो क्रममा प्रहरी इन्काउन्टरमा कुमार पौडेल मारिए भने अन्य कार्यकर्ता पनि मुठभेडमा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...