HomeFeatureप्रचण्डकै नेतृत्वमा नयाँ सरकार : जनार्दन

प्रचण्डकै नेतृत्वमा नयाँ सरकार : जनार्दन

काठमाडौं, 22 दिसम्बर 2022

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नवनिर्वाचित सांसद जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने र बन्ने बताएका छन्।  सांसदको शपथ लिन बिहीबार संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन्।

‘माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने गठबन्धन बैठकले को प्रधानमन्त्री वा राष्ट्रपति बन्ने निर्णय गर्छ। अध्यक्ष प्रचण्ड पहिलो पालोमा प्रधानमन्त्री बन्नुपर्छ मेरो सुझाव छ। यद्यपि गठबन्धनबाट को बन्छ, पछि थाहा होला,’ उनले भने।

नयाँ राष्ट्रपति राजनीतिक नेतृत्वबाटै बन्नुपर्ने गरी गठबन्धन दलबीच छलफल र सहमति भइसकेको उनको भनाइ छ। राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक जना हुन सक्ने शर्माको दाबी छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...