काठमाडौं, 18 जुलाई 2022
नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम रावलले माओवादी अध्यक्ष प्रचण्डले दिल्ली भ्रमण कुटनीति नभएर झुकनीति भएको टिप्पणी गरेका छन् । रावलले प्रचण्डले भारतीय प्रधानमन्त्रीसँग अन्तिममा भेट हुन सकेन भनी निरीह र स्वाभिमानविहीन अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । उनले उच्च तहको भ्रमण पूर्वनिर्धारित कार्यक्रम पहिल्यै तय हुने जनाए। झुकनीतिको आसे र दासे प्रवृतिबाट देशको कुटनीति मुक्त हुनुपर्ने रावलको भनाइ छ । रावलका अनुसार– माओवादी नेता प्रचण्ड र भाजपाबीच दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे । यही हो ‘जनयुद्ध’को लक्ष्य ? यस्तै कामकुराले देश कमजोर हुँदैछ ।अँझ प्रम पत्नी आरजु देउवा राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकि छ । राष्ट्र हितप्रति खेलवाड र स्वार्थको भद्दा रुप ।









































