HomeFeatureप्रचण्डको व्यक्तिगत मोवाइल एप ‘क–प्रचण्ड’ लञ्च

प्रचण्डको व्यक्तिगत मोवाइल एप ‘क–प्रचण्ड’ लञ्च

काठमाडौं, 17 सितंबर 2022

राष्ट्रिय विज्ञान दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत आधिकारिक मोबाइल एप उद्घाटन गरेका छन् । पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा व्यक्तिगत आधिकारिक मोबाइल एप शुभारम्भ गरिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विज्ञान प्रविधिलाई आत्मासाथ गर्न नसके देश विकास हुन नसक्ने बताए । विज्ञानमा बेइमानी र जालझेल नभल्ने भन्दै उनले जसले विज्ञानलाई आत्मासाथ गर्न सक्छ उही सफल हुने बताए । अबको निर्वाचनमा परम्परागत प्रचार शैलीले सहि परिणाम दिन नसक्ने भन्दै उनले प्रचारप्रसारमा पनि प्रविधिको प्रयोग गर्नुको विकल्प नभएको बताए ।  विज्ञान प्रविधिको सदुपयोग गर्न सके मानव जीवन सहज हुने र प्रविधिको दुरुपयोग भएमा समाजमा नकारात्मक असर गर्ने भएकोले यसबारे सचेतनाको अवश्यक रहेको प्रचण्डको भनाइ थियो ।

आधिकारिक एपमार्फत अध्यक्ष र पार्टीका गतिविधि, सूचना तथा योजना जनता तथा नेता कार्यकर्तासम्म पुर्याइने पार्टीको विज्ञान तथा प्रविधि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...