काठमाडौं, 20 मार्च 2023
नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । संसद् बैठकअघि नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठक बसेको हो । आज सोमबारको संसद् बैठकबाट प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ प्रचण्डले विश्वासको मत लिँदैछन् । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका हुन्।
ओलीले भने,’ प्रचण्डमाथि विश्वास नभएकाले विश्वासको मत दिन सकिदैन।’
नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिन लागेका हुन् ।









































