HomeFeatureप्रचण्डले ओलीलाई भने, फट्याई गर्न पनि कति सकेको? जालझेल गर्न नि कस्तो...

प्रचण्डले ओलीलाई भने, फट्याई गर्न पनि कति सकेको? जालझेल गर्न नि कस्तो दिमाग हो?’

काठमाण्डौ, 22 जनवरी 2021

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृतिलाई अघि बढाउने भुल नगर्ने बताउनुभएको छ ।  शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्द काठमाडौँमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा केपी ओली प्रवृतिविरुद्द भित्रभित्रै संघर्ष गर्ने र त्यस्तो प्रवृतिलाई अघि बढाउने भुल नगर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘म तपाई जनसमुदायलाई साक्षि राखेर के प्रतिज्ञा गर्न चाहान्छु भने अब हामी त्यस्तो केपी प्रवृतिजस्तो प्रवृतिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने अनि उनको प्रवृतिलाई अगाडी बढाउन त्यस्तो खालको भुल अब हामि गर्ने छैनौँ । म प्रतिबद्दता र संकल्प गर्न चाहान्छु ।’

अध्यक्ष प्रचण्डले जनयुद्दका घाइते र अपांगलाई उपचार गराउन सरकारलाई आग्रह गरेको भएपनि नमानेको र अहिले आफु अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले प्रचण्डले केही नगरेको भनि आरोपित गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘सरकारलाई मैले पटक पटक यि घाइते अपांगको उपचार हुनुपऱ्यो । पहिले खाइपाइ आएको मासिक भत्तापनि खोसिदिएछ यो सरकारले त झन । गृह प्रशासन पनि केपीले जे भन्यो त्यहि मान्नेछ । मैले धरैचोटी भन्दा कहिँ कतै टेडपुच्छर लाइएन, उल्टो मासिक भत्ता खोसियो । घाइतेको उपचार गर्ने कुरालाई पुरै वेवास्ता गरियो । पार्टी विभाजन र आफु अल्पमतमा परेपछि म सुन्छु घाइते अपांगलाई हेर्नुपर्दैन भन्ने यहि केपी । फट्याई गर्न पनि कति सकेको ? जालझेल गर्न नि कस्तो दिमाग हो ?’

अध्यक्ष प्रचण्डले कालिबहादुर खामको मुद्दा ठिक ढंगले हल गर्न लगातार लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘कालिबहादुर खाम खोई अरे ? त्यो कालिबहादुर खाम बिचरा आफैले केही गरेको त होईन । उसको मुद्दा ठिक ढंगले हल होस् भन्नका लागि दश, एघार वर्षदेखि लगातार लागेको छु । उसलाई परेको साह्रो गाह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालिबहादुर खाम तपाईलाई प्रचण्डले हेर्दैन, जनमुक्ति सेनाको कमाण्डरलाई जसलाई मैले १० वर्ष स्कुलिङ गरेर, हुर्काएर, माया गरेर, विकास गरेर एउटा ठाउँमा पु¥याएको । ति मान्छेको चाहिँ अब केपी ओलीले संरक्षण गर्ने रे । आमाको दुध चुसेर भएन बाको घुँडो । जनमुक्ति सेनाका सबै कमाण्डर, योद्धा, घाइते साथीहरु भ्रमित नहुनुहोला ।’

अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको रगत, पसिना र बलिदानीले नेपालमा गणतन्त्र स्थापना भएको कुरा इतिहासमा स्वर्णिम अक्षरमा लेखिइसकेकोले इतिहासलाई कालो पोत्ने काम नगर्न जनमुक्ति सेनालाई अपिल पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...