HomeFeatureप्रचण्ड नायकबाट खलनायकमा रुपान्तरण भए गजुरेलको आरोप

प्रचण्ड नायकबाट खलनायकमा रुपान्तरण भए गजुरेलको आरोप

काठमाडौं, 11 अक्टूबर 2022

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नायकबाट खलनायकमा रुपान्तरण भएको आरोप लगाएका छन् ।देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले माओवादीले गरेको सशस्त्र युद्धसम्म नायक रहेका प्रचण्ड संसदीय राजनीतिमा आएसंगै नायकबाट खलनायकमा रुपान्तरण हुंदै गएको आरोप लगाएका हुन् । माओवादीको मुख्य एजेण्डा जनगणतन्त्र स्थापना गर्नु भएको र त्यसैका लागि संविधानसभा चुनावबाट संविधान बनाउन शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्डले आफ्ना एजेण्डाहरु छाड्दै गएको बताए ।

‘प्रचण्ड कुनै बेला नायक थिए तर जनगणतन्त्र र राष्ट्रियताको एजेण्डा छाड्दै गएपछि खलनायकमा रुपान्तरण भए’, गजुरेलले भने, ‘संसदीय राजनीतिमा पुराना दलका नेता भन्दा पनि प्रचण्ड बद्नाम भए ।’

युद्धकालमा भारतविरुद्ध सुरुङ युद्ध गर्ने भनेका प्रचण्ड सरकारमा गएपछि राष्ट्रियताका एजेण्डा छाड्दै गएको गजुरेलले बताए । ‘भर्खरै भारत भ्रमण जानुअघि प्रधानमन्त्री बन्दिन भनेका प्रचण्ड दिल्लीमा आरजु राणासंग वार्ता गरेर फर्केपछि प्रधानमन्त्री बन्ने दौडमा लागेका छन्’, गजुरेलले भने, ‘यसबाट थाहा हुन्छ उहां कहाँबाट परिचालित हुनुहुन्छ ।’

सरकारमा रहेका दलहरुले चुनाव अघि नै गठबन्धन गरेर जानु लोकतन्त्र नभई लुटतन्त्र भएको नेता गजुरेलले बताए । ‘चुनाव पछि कुनै दलको वहुमत नआए ठूलो दलले बहुमत पुर्‍याउन गठबन्धन गर्ने स्वभाविक हो’–उनले भने–‘सत्तामा रहेका दलहरुले पहिल्यै गठबन्धन गरेर चुनावमा जानु सत्तामा पुगेर लुटतन्त्र मच्चाउने उद्देश्य नै हो ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...