काठमाडौं, 10 जनवरी 2023
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका सहभागी नहुने बताएका हुन्।
प्रभावकारी विपक्षीको अभावमा सरकार निरंकुश हुने सम्भावना रहने भएकोले सरकारमा सहभागी नहुने देउवाले स्पष्ट पारे ।
उनले भने, ‘प्रभावकारी विपक्षीको अभावमा सरकार निरंकुश हुने सम्भावना रहन्छ। सरकारमाथिको निगरानी कमजोर हुन्छ। त्यसैले सरकारमा सहभागी नहुने जानकारी गराउँदछु’ ।
प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीमा भने प्रचण्डलाई विश्वासको मत दिने देउवाले बताए।









































