HomeFeatureप्रचण्ड भन्छन: कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको छ

प्रचण्ड भन्छन: कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको छ

काठमाण्डौ, 22 अप्रिल 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताउनुभएको छ । लेनिन दिवसको अवशरमा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताउनु भएको हो । कम्युनिष्टहरुको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरुलाई साथ लिएर टुक्राउन खोजेको आरोप पनि लगाउनुभयो । कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो । अहिले बाहिर भनिए जस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको पनि बताउनुभयो । तर पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । अहिले पनि छरिएर रहेका कम्युनिष्ट घटकहरुलाई एकतावद्ध बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो अरु कम्युनिष्ट आन्दोलनमा लागेका क्रान्तिकारीहरुलाई एकतावद्ध गर्ने, अहिले जवरजस्ती प्रतिक्रियावादी अवसरवादीले विभाजित गरेका कम्युनिष्टहरुलाई पनि एकतावद्ध गर्ने, मोर्चावद्ध गर्ने भूमिका छोडन हुँदैन । गल्ति भएको थियो की एकता गर्ने भन्ने सचेचियो भने गलत हन्छ । हामीले एकता गरेर गल्ति गरको होइन । हामीले विल्कुलै सही गरेका थियौं । अहिले शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको हुँदा विभाजन रोक्न सकिएन तर हामी पराजित भएको होइन । हामीले पार्टी एकता गर्दा सबैलाई कमाण्ड गरेका थियौं । गलत प्रवृतिको नायकलाई गलत्याएका थियौं । तर विदेशी शक्तिको आडमा कानून मिच्ने, संविधान मिच्ने सबै मूल्य मान्यता मिच्ने काम भएको छ । यो कुरा नेपाली जनताले बुझेका छन ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीको विरुद्ध सबै संघर्ष गर्न आवश्यक रहेको बताउनुभयो । अझैपनि कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउन छोडन नहुने बताउनुभयो । पार्टीका सबै नेता कार्यकर्ताहरुलाई जनतामा गएर काम गर्न र राष्ट्रलाई एकतावद्ध बनाउन पनि आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...