HomeFeatureप्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र बीच गोप्य साँठगाँठ भएकै कारण ज्ञानेन्द्रले माघ १९...

प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र बीच गोप्य साँठगाँठ भएकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको ओलीको दावी

ललितपुर, 15 दिसम्बर 2021

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको दावी गर्नुभएको छ । बुधबार ललितपुरमा एमालेका मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउदै अध्यक्ष ओलीले प्रचण्ड र ज्ञानेन्द्रबीच भएको सहमतिका बिषयमा जानकारी पनि गराउनुपर्ने बताउनुभयो । सहमति पछि नै ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको उहाको तर्क छ । त्यस्तै ओलीले कांग्रेसले अहिलेसम्म खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी परिवर्तनकारीका विरुद्धमा उभिने काम गरेको आरोप लगाउनुभयो । अहिले मुलुकमा अस्थीतरता निम्ताउने काम भएको भन्दै अस्थिरताको नायक प्रचण्ड र माधव कुमार नेपाल आएको बताउनुभयो । कार्यक्रममा एमाले अध्यक्ष ओलीले साम्राज्यवादको विकसित रुप सेयर बजार भन्ने प्रचण्डको अभिव्यक्तिकै कारण दुई दिनमै सेयर बजार धरासयी बनेको टिप्पणी गर्नुभयो । जनताको आर्थिक स्थिति र अर्थतन्त्रबारे दाहाललाई कुनै मतलब नभएको ओलीले आरोप लगाउनुभयो ।उहाले आगामी निर्वाचनमा एमालेलाई ठूलो पार्टी बनाउन सवैले भूमिका खेल्नुपर्ने र मनोनित केन्द्रीय सदस्यलाई आवश्यक जिम्मेवारी दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...