काठमाडौं, 23 दिसम्बर 2022
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको थियो भने कांग्रेस नेता सिंहले पहिलो चरणको सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने गरी सरकार गठन गर्न प्रचण्डसमक्ष प्रस्ताव राखेका थिए । तर प्रचण्डले भने सुरुमै आफूले नेतृत्व गर्न पाउनु पर्ने अडान दोहोर्याएका थिए।
‘पहिलो चरणमा कांग्रेसले र दोस्रो चरणमा माओवादीले सरकारको नेतृत्व गरेर जाऔं, पावर सेयरिङका विषयमा सम्मानजनक ढंगले छलफल गरौं भनेर हाम्रो आग्रह थियो,’ प्रकाशमानका सहयोगी यूपी लामिछानेले भने, ‘तर प्रचण्डले अरु छलफल गरौंला नै, तर पहिले माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्नुभयो ।’









































