HomeFeatureप्रचण्ड र माधव कुमार नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक : विष्णु पौडेल

प्रचण्ड र माधव कुमार नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक : विष्णु पौडेल

काठमाडौं, 14 मार्च 2022

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रचण्ड र माधव कुमार नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक भएको आरोप लगाउनुभएको छ । सोमबार नेकपा एमाले बुटवल उपमहानगर कमिटिले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अदालतलाई समेत दुरुपयोग गरेको आरोप लगाउनुभयो । उपाध्यक्ष पौडेलले नेकपा एमालेलाई फुटाउन देशी विदेशी प्रतिगामी शक्तिहरु लागेको बताउदै प्रचण्ड र माधव कुमार नेपाल प्रतिगामी शक्तिहरुको मतियार बनेको जिकिर गर्नुभयो । उहाँले वामपन्थी शक्तिको  सरकार गिराएर कांग्रेसको पछि लागेका प्रचण्ड र माधव कुमार नेपालले नेपालको कम्त्युनिष्ट आन्दोलनमा धेरै ठूलो अपराध गरेको बताउनुभयो । जनताले उनीहरुलाई माफी दिन नसक्ने बताउँदै नेता पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई धोका दिनेहरु समाप्त भएर जाने ठोकुवा गर्नु भयो । उपाध्यक्ष पौडेलले नेकपा एमालेले देश र नेपाली जनताको सम्बृद्धि विकास चाहेको उल्लेख गर्दै जनताले आगामी चुनावमा प्रतिफल दिने बताउनुभयो । पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रतिगामी शक्तिहरुका मतियारहरुले अदालतबाट सरकार गठन गरेर अदालतकै  धज्जी उडाएको बताउदै यसमा मुख्य दोष प्रचण्ड माधवको नै रहेको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...