HomeFeatureप्रजातन्त्र दिवसमा वीरगञ्ज कारागारबाट कैदी कैदमुक्त

प्रजातन्त्र दिवसमा वीरगञ्ज कारागारबाट कैदी कैदमुक्त

पर्सा, १९ फरवरी, २०२०
प्रजातन्त्र दिवसको अवसरमा बिरगञ्ज कारागारबाट १८ जना कैदी कैदमुक्त भएका छन् ।

असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई जेलबाट रिहा गरिएको बिरगञ्ज कारागारका जेलर श्रवण पोखरेलले जानकारी दिए ।

बुधबार परेको प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेमा ज्यान मार्ने उधोगका दुई जना अँगभँग मुदाका ६ जना,कुटपिट तथा अँगभँग मुदाका एक जना,बन पैदावारका चार जना रहेका छन् ।

यस्तै किर्ते मुद्दाका एकजना,हातहतियार मुदाका दुईजना र सवारी ज्यान मुदाका दुईजना रहेको पोखरेलले बताए।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरेको बिरगञ्ज कारागारले जनाएको छ।

पोखरेलका अनुसार कैदकटी नियमावली बमोजिमको मापदण्ड पुरा गरेका १९ जना कैदिबन्दीहरुको बाँकी कैद कटीका लागि सिफारिस भएकोमा १८ जना कैदमुक्त भएका छन्। कैदमुक्त भएका सबैजना पुरुषहरु मात्र रहेका छन्।

५० प्रतिशत कैद भुक्तान गरेका पर्सा, बारा, रुपन्दही र भारतको गरेर १८ जना कैदी वन्दीहरु रिहा भएका हुन्। कैद मुक्त हुनेहरुमा पर्साका १ जना, बाराका १५ ,रुपन्देहीका १ र भारत बिहार मोतिहारी जिल्लाका १ जना रहेका छन। उनीहरुलाई कारागार कार्यालयले एक कार्यक्रमको आयोजना गरि आफन्तको जिम्मा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...