HomeFeatureप्रतिनिधिसभाको बैठकमा बिभिन्न १० वटा अध्यादेश पेश

प्रतिनिधिसभाको बैठकमा बिभिन्न १० वटा अध्यादेश पेश

काठमाडौं, 17 मई 2022

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९÷०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको प्रस्ताव छलफलका लागि पेश भएको छ । मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पेश गर्नुभएको हो । प्रस्ताव पेश गर्दै मन्त्री शर्माले आगामी बजेट सन्तुलित र समावेशी हुने बताउनुभयो । आर्थिक विकास ५ दशमलव ८४ प्रतिशत हासिल हुने भन्दै उहाले उत्पादनशील क्षेत्रमा लगानी गरी तीव्र आर्थिक विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाले सङ्घीय शासन प्रणालीको आधारभूत मूल्य र मान्यता परिधिभित्र रही सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा स्थानीय तहलाई थप जिम्मेवार र प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर बाहेकका) सम्बन्धी प्रस्तावको यही जेठ ४ र ५ गते छलफल हुने सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकमा बिभिन्न १० वटा अध्यादेश पेश भएको छ । त्यस्तै, कांग्रेसका सांसद् पुष्पा भुसालले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १४२ को उपनियम (४) लाई निलम्बन गरियोस् भनी प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधि सभाको अर्को बैठक बुधबार दिनको १ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...