HomeFeatureप्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफल

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफल

काठमाडौं, 9 जून 2022

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले अमेरिकी सैनिक अधिकारीहरुको नेपाल भ्रमण र नेपालका प्रधानसेनापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको अमेरिका भ्रमणका बिषयमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा उहाले अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरलका साथै अन्य सैनिक अधिकारीहरुको नेपाल भ्रमण र नेपालबाट हुने लागेको अमेरिका भ्रमणले आशंका पैदा भएको भन्दै यस बिषयमा सरकारले सदनमा जानकारी गराउनुपर्ने बताउनुभएको हो । अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरशिप सम्झौताका लागि दवाव दिन खोजिएको भन्ने चर्चाका बिषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने उहाको भनाई छ । त्यस्तै छलफलमा भाग लिदै उहाले सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्नुपर्ने बताउनुभयो । नेता पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण दशकीय कार्यक्रम आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले त्यसलाई चासो नदेखाएको बताउनुभयो । त्यस्तै छलफलमा भाग लिदैं एमालेका सांसद योगेश भट्टराईले बिना अध्ययन शेयर धितो कर्जाको सीमा हेरफेर गर्ने कुरा उपयुक्त नभएको बताउनुभयो । धितोपत्र सुधारका लागि सरकारले गठन गरेको समितिमा लगानीकर्तालाई पनि समावेश गर्नुपर्नेमा उहाले जोड दिनुभयो । भट्टराईले अहिलेको बजेटमा सरकारले पुँजीकरणलाई प्राथमिकतामा नराखेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...