HomeFeatureप्रतिनिधिसभाको शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्बोधन

प्रतिनिधिसभाको शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्बोधन

काठमाण्डौँ, 15 फरवरी 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक आधारशिलामा गठन भएको सरकारको चरित्रमाथि प्रश्न उठाउने गरिएको गुनासो गर्नुभएको छ। प्रतिनिधिसभाको शनिबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको आधारशिलामा बनेको सरकारले पाईला-पाईलामा आफुलाई लोकतान्त्रिक भनि प्रमाणित गर्नुपर्ने कुरालाई स्वीकार नगर्ने चेतावनी पनि दिनुभयो। कुनै पार्टीले जन्मजात आफुलाई लोकतान्त्रिक हुँ भनी दावी गरिरहने र आफुले भने पाईला-पाईलामा प्रमाणित गर्नुपर्ने अवस्था श्रृजना गरिएको भन्दै उहाँले त्यो स्वीकार्य हुन नसक्ने बताउनुभयो।

उहाँले सरकार कसैको दयामायामा बनेको नभई, निरन्तरको लोकतान्त्रिक निष्ठा, जनताको लोकप्रिय मत, जनादेश प्राप्त सरकार भएकाले जनताको हितहरुको सर्वोत्तम प्रतिनिधित्व गर्ने सरकार भएको दावी गर्नुभयो। आम निर्वाचन ताका कम्युनिष्टको सरकार बन्यो भने ‘हाँस्न त के रुन पनि पाईदैन’ भनेर भन्ने गरिएको स्मरण गर्दै उहाँले वास्तविकता त्यस्तो नभएको बताउनुभयो।

उहाँले संचारमाध्यमले बैचारिक पुर्वाग्रहका साथ सरकारका कामकारवाहीलाई हेर्ने गरेको गुनासो पनि गर्नुभयो। केही दिन अघि आफुले सम्पादकहरु संग गरेको छलफल र सम्पादहरुले राखेको जिज्ञाका स्मरण गर्दे उहाँले संचारक्षेत्रलाई तथ्यमा आधारित भएर आलोचनात्मक भूमिका निर्वाह गर्न सचेत गराउनुभयो।

उहाँले सरकारको कार्यशैली, घोषणा अनुसारको काम नभएको , जनताको विश्वास जित्न नसकेको भन्ने टिप्पणीको तथ्यगत रुपमा प्रतिवादन गर्नुभयो। जनता प्रत्यक्ष लाभान्वित हुने सरकारका कामहरुको फेयरिस्त प्रस्तुत गर्दै उहाँले ती काम अंक र आकडामा मात्रै नभई जनताको मन र विश्वास जित्न सफल रहेको दाबी पनि गर्नुभयो। जनताको माग सम्बोधन गर्न सकार अत्यन्तै क्रियाशिल रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले दुई बर्ष पुरा गर्नु पनि उपलब्धिको रुपमा लिएको बताउनुभयो।

उहाँले गत बर्ष यसै गरी बर्षभरिका कामका प्रतिवेदन सार्वजनिक गराउन खोजेको बेला संसदमा उत्पन्न अवरोधको अवस्थाको पनि स्मरण गर्नुभयो। आफ्नै आयु र भविश्यको टुंगो नभएको कमजोर सरकारले गर्ने काम र भविश्य लिएर आएको सरकारले गर्ने कामको तौरतरिका भिन्न हुने भन्दै उहाँले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई विकासको आधार वर्षको रुपमा सरकारले लिएको स्पष्ट पार्नुभयो। उहाँले संघियता कार्यान्वयन गराउने विषय सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दे वित्तिय व्यवस्थापन र कर्मचारी समायोजनको काम सम्पन्न भएको स्पष्ट पार्नुभयो।

तराईमा बेग्लै राज्यको मुद्धा बोकेर क्रियाशिल समुहले यसै संविधान अनुरुप चल्ने गरि आफ्नो दल र पहिचान समेत बदलेको भन्दै उहाँले संविधानको सर्वस्वीकार्यतामा पनि कुनै समस्या नरहेको बताउनुभयो।

उहाँले कानुन निर्माणमा पनि सरकारले प्रगति हासिल गरेको भन्दै ऐन खारेजी, संसोधन र नया बनेका ऐनको फेयरिस्त पनि प्रस्तुत गर्नुभयो।

उहाँले तीव्र आर्थिक वृद्धिदर हासिल गरिरहेका विश्वका 10 मुलुकहरुको पंक्तिमा नेपाल पनि परेको, पछिल्लो तीन वर्षमा लगातार 6 प्रतिशत भन्दा कम आर्थिक वृद्धिदर नभएको बताउनुभयो। आर्थिकवृद्धि दरमा आएको सुधार संगै निरपेक्ष गरिविको रेखा मुनि जम्मा 16 दशमलव 5 प्रतिशतमा झरेको दावी गर्नुभयो। उहाँले जनता आवास, सुरक्षित बसोबास, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा लगायत कार्यक्रमले गरिबी घटाउन र रोजगारीको अवसर श्रृजना गर्न सहयोग पुगेको बताउनुभयो।

नयाँ वेरोजगार नथपिएको, श्रम बजारमा थपिएकालाई सम्बोधन गर्न सकेको भएपनि शिक्षित वेरोजगारलाई उच्चस्तरको रोजगारीमा ल्याउने काम भने बाँकी रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। बैंकहरुको शाखा विस्तार भएर मुलुकभर 9 हजार 3 सय 94 पुगेको र ‘खोलौ बैँक खाता’ अभियान सफल भएको दावी पनि गर्नुभयो।

सरकारले करको दर नभई दायरा बढाउने सोच बनाएको, बैदेशिक लगानीको प्रतिवद्धता थपिएको, कुल व्यापार घाटामा कमि आएको ,व्यापार विविधिकरण बढेको, भुकम्पपछि बन्द भएको तातोपानी नाकाबाट व्यापारिक वस्तुको आयात निर्यात हुन थालेको , अण्डा तथा माछामासु उत्पादनमा मुलुक आत्मनिर्भर भएको, सडक कालोपत्रे निर्माण हुने क्रम बढेको भन्दै उहाँले दुई बर्ष भित्र 3 हजार 6 सय 36 किलोमिटर सडक कालोपत्रे भएको विवरण पनि उहाँले उल्लेख गर्नुभयो। सवा सय भन्दा बढी तुईन विस्तापित भईसकेको, पुल निर्माणको गति बढेको, सडक ग्रेबल गर्ने काम भएको तथा लोडसेडिङ अन्त्य संगै विद्युत् भारतमा विक्रि हुन थालेको पनि उहाँले उल्लेख गर्नुभयो।

नेपाल र चीनबीच उर्जा सहमति र सहकार्यको सम्झौता भएको, अन्तदेशिय विद्युत् प्रसारण लाईन निर्माणका लागि सर्वेक्षण गर्ने सम्बन्धी सम्झौता भई सर्वेक्षणको काम पनि सुरु भईसकेको लगायत कामको पनि उहाँले जानकारी गराउनुभयो।

उहाँले सबै जिल्लामा फोरजी सेवा पुगेको, भुकम्पपछिको पुर्ननिर्माणको क्षेत्रमा 3 लाख 74 हजार नीजि घर बनेको , 3 सय भन्दा बढी सरकारी भवन निर्माण, 2 हजार 6 सय भन्दाबढी विद्यालय भवन बनेको,  3 सय 25 पुरातात्वीक सम्पदाको निर्माण भएको जानकारी गराउनुभयो।

प्रधानमन्त्री ओलीले विद्यालयमा विद्यार्थी भर्नादर सत प्रतिशत हुदै गरेको, विद्यालय छोड्ने दर 2 प्रतिशतमा झरेको , स्वास्थ्य विमा विस्तार भएको, अस्पतालमा 9 हजार शैया बनेको, दक्षिण एसियामा नेपाल पहिलो खुल्ला दिशामुक्त देश घोषणा भएको, 20 जिल्लामा ढल निर्माण र विस्तार भएको, काठमाण्डौ उपत्यकाको फोहर मैला व्यवस्थापनका लागि बञ्चरो डाडामा भएको काम, संघीय संसद भवन निर्माण लगायतको फेयरिस्त नै प्रस्तुत गर्नुभयो।

उहाँले सार्वजनिक जग्गा हड्प्नेको विरुद्ध कारवाही गर्दा र राजश्व अपचलन लगायत भ्रष्टाचार विरुद्धको आफ्ना कदममा आफुले पटक पटक आलोचना खेप्ने गरेको गुनासो पनि गर्नुभयो।

प्रधानमन्त्री ओलीले ललिता निवास जग्गा प्रकरणमा 1 सय 36 रोपनी जग्गाको छानविन गर्न आफैले बनाएको स्मरण गर्दै लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्ने आफैलाई त्यसमा संलग्न जसरी प्रचार प्रशार गरिएको गुनासो पनि गर्नुभयो।

उहाँले भ्रष्टाचार विरोधी सरकारको कामबाट भ्रष्टाचारमा लिप्त हुनेहरु डराएको भन्दै उहाँले आफ्ना कामको विरोध गर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसलाई घुमाउरो शैलीमा चिनियाँ उखान र ‘देखाउनेले दाग देखायो किन रुवाबासी’ भन्ने गीत जस्तो भन्दै व्यंग गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...