काठमाण्डौ, 1 जुन 2020
प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अतहर कमाल मुसलमानले लिम्यिाधुरा, लिपुलेक र कालापानी समेतको नक्सा जारी गरेपछि सरकारले भूमिमाथिको स्वामित्व ग्रहण गर्नुपर्ने बताउनुभएको छ । नक्सा मात्रै जारी गरेर नहुने उल्लेख गर्दै उहाँले दार्चुला तिंकर सडकको ८७ किलोमिटर ट्रयाक खोल्ने काम अझै हुन नसकेको बताउनुभयो । सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताउनुभयो । अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साँट्न नसकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपऱ्यो । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’’
सांसद घनश्याम खतिवडाले कुटनीतिक वार्ताबाट समस्या सुल्झाउन भारत तयार नभएर पूर्वमा काँकडा र पश्चिममा टिष्टासम्मको भूमि दावि गर्नुपर्ने बताउनुभयो । सांसद अभिशेक प्रताप साहले चीनले मे २० मा सथरमाथाको उचाइ नाप्न नेपालको समन्वयमा टोली पठाएको हो की होइन भन्दै प्रश्न् गर्नुभयो ।
चीनको अफिसियल पेज ‘‘जिनुहुवा कल्चर एण्ड ट्राभल्सले माउन्ट एभरेष्ट अथवा सगरमाथामा अथवा उनीहरुको भाषामा माउन्ट कोमोलाङ्मा सर्भे टिम पठाएको र २७ मे मा अफिसियल चाइना जिनुहुवा न्यूजले त्यहाँ चाइनिजहरु गएर फाइभ जी टावर पनि लगाएको भनेको भन्दै त्यो नेपाल र चाइनाको संयुक्त निर्णय पछि मात्रै त्यहाँ सर्भे टिम पठाउनु पर्ने बताउनुभयो ।









































