काठमाडौं, २८ जनवरी
प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ.व ०७५र ०७६ को वार्षिक प्रतिवेदन पेश,लोक सेवा आयोगको आ.व ०७५र०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
यसैबीच, आज बस्ने बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ ।









































