HomeFeatureप्रतिनिधिसभा बैठक: पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी दिन कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठक: पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी दिन कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, 19 जनवरी 2023

नेपाली कांग्रेसले पोखरामा भएको हवाइ जहाज दुर्घटनाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रमेश लेखकले १ माघमा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे जानकारी संसदमा गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । संसदलाई  उनले विमान दुर्घटनाबारे जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग  गरे । विमान दुर्घटनाबारे सरकारले जानकारी गराउने बिहीबारको बैठकको कार्यसूचीमा समावेश हुने आफूले अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै आपत्ति जनाएका लेखकले तत्काल कार्यसूचीमा समावेश गरेर विमान दुर्घटना के कारणले भएको हो, घाइतेहरुको उद्धारलगायतका विषयमा जानकारी गराउन सरकारको नाममा रुलिङ गर्न सभामुखसँग आग्रह गरे । जारी बैठकमा सा‌सदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...