दिल्ली, 24 अगस्त 2022
सरिता गिरीले नेपाल सद्भावना पार्टी परित्याग गरेकी छन् । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको अन्तिम इच्छाअनुसार आफूले यो निर्णय गरेको उनले बताएकी छन् ।
‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउनका लागि उहाँको अन्तिम इच्छाअनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु’, नेतृ गिरीले लेखेकी छिन्, ‘नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ।’
कांग्रेस नेता गिरिको यही भदौ चार गते शनिबार राति करिब साढे ९ बजे उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो।









































