HomeFeatureप्रधानन्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा विरोध प्रदर्शन

प्रधानन्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा विरोध प्रदर्शन

काठमाडौं, 23 नवम्बर 2021

नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशविरुद्ध मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले निरन्तर सवोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । यस्तै बारले बिहीबार मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने बेला आएको भन्दै मार्चपास गर्न लागिएको जानकारी दिनुभयो । उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने उहाले बताउनुभयो । श्रेष्ठले बालुवाटारमा नै धेरै कुरा तय हुने भएको र प्रधानन्यायाधीश लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्चपास गरिएको जिकिर गर्नुभयो । श्रेष्ठले प्रधानन्यायधिशको राजीनामा नआए शुक्रबार बारले अर्को चरणको आन्दोलनको घोषणा गर्ने स्पष्ट पार्नुभयो । त्यस्तै बारमा आयोजित विरोध सभामा अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले प्रधानन्यायाधीशलाई अव प्रधानन्यायधिशलाई पदमा बस्ने कुनै अधिकार नभएको बताउनुभयो । प्रधानन्यायधिशलाई भ्रष्टाचारको आरोप लाग्दा पनि सांसदहरु चूप लागेर बस्नु बिडम्वना भएको उहाले बताउनुभयो । यसअघि बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरुलाई धारणापत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...