काठमाण्डौ, 11 अप्रिल 2021
प्रधानमन्त्रि बिरुद्ध उभिन दबाब बढे पछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकरिले बिहिबार भएको ३ दल बीचको बार्ता बारे छलफल गरेका हुन् । प्रधानमन्त्री केपी ओली बिरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले दबाब बढाए पछि जनता समाजबादी पार्टीले छलफल थालेको छ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपा भित्र स्पष्ट दुई मत रहेको छ । बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार बिरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३÷४ दिन अझै चल्ने बताउनु भयो ।
जसपा भित्र अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगाएतका नेता प्रधानमन्त्री सँग सत्ता साझेदारीको बिषयमा सघन बार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् ।









































