HomeFeatureप्रधानमन्त्रीको अवसर पाएमा च्यालेन्ज मिट गर्नका लागि पछि हट्दिनँ: सिंह

प्रधानमन्त्रीको अवसर पाएमा च्यालेन्ज मिट गर्नका लागि पछि हट्दिनँ: सिंह

 काठमाडौं, 22 नवम्बर 2022

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने अफर आएमा पछि नहट्ने बताएका छन् । काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बनेका नेता सिंहले शुभकामना आदानप्रदानका क्रममा आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको दाबी गरे।

उनले देशभरबाट जितेर आएका कांग्रेस नेताहरुसँग सल्लाह लिएर आफू अघि बढ्ने बताए । नेता सिंहले भने, ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम चुनावमा पनि म नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि प्रतिस्पर्धा गरेकै हो । देशभरबाट कांग्रेसको सांसद जितेर आएकाहरुको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रक्रिया अगाडि जान्छ । सबै साथीहरुसँग सल्लाह गरेर गर्ने कुरा हो । परिस्थिति फरक भइरहेको छ । प्रधानमन्त्रीको लागि म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि पछि हट्ने कुरा आउँदैन ।’

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका कांग्रेस नेता सिंह काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पछि पार्दै विजयी भएका छन् । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिस्पर्धी मिश्रले ७ हजार १८ मत ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...