HomeFeatureप्रधानमन्त्रीद्वारा राष्ट्रको नाममा सम्बोधन, अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने घोषणा

प्रधानमन्त्रीद्वारा राष्ट्रको नाममा सम्बोधन, अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने घोषणा

काठमाण्डौँ, 20 मार्च 2020

सरकारले राजपत्रमा उल्लेख गरिएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शार्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजकि, सामुदायिक र नीजि सेवा प्रदायकबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सेवाहरु ९ गतेबाट २१ गतेसम्म बन्द गरिने घोषणा गर्नुभयो। सरकारले चैत १० गतेबाट नेपालभरी चल्ने सबै प्रकारका लामो दुरीका यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा रोक लगाएको छ। यसैगरी नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गतेबाट १८ गतेसम्मका लागि स्थगित गरिने प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो। सीमानाकाबाट आउने यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाउन छिमेकी राष्ट्रहरुसँग समन्वय भइरहेको बताउनुभयो।

सरकारले यसअघि नै धेरै मानिसहरुको भिडभाड हुने सिनेमा घर, रेष्टुरेण्ट लगायतका स्थानहरु बन्द गर्ने निर्णय गरिसकेको छ। २५ जनाभन्दा बढीलाई भेला हुन नदिने र विद्यालय तथा विश्वविद्यालयले लिने सम्पूर्ण परीक्षाहरु पनि स्थागित गर्ने निर्णय सरकारले गरेको छ। प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कालोबजारी गर्ने सबैलाई कडा कारवाही गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी समेत दिनुभयो। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा सार्क राष्ट्रका सदस्य राष्ट्रहरुबीच भएको भिडियो कन्फ्रेन्समा आपतकालिन कोष निर्माण गर्ने प्रस्ताव भएको थियो। प्रधानमन्त्री ओलीले महामारीको अवस्थालाई हेरेर सरकारले आवश्यक थप कदम चाल्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा बताउनुभएको छ। कोरोना भाइरस नियन्त्रण र संक्रमण फैलिएको अवस्थामा उपचारका लागि कुने कसर बाँकी नराख्ने बताउनुभएको छ। सबै प्रदेशहरुमा अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीहरुको उचित व्यवस्था गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...