काठमाण्डौ,10 अप्रैल 2021
कोभिड-१९ को सावधानीपुर्वक सामना गर्नुको विकल्प नभएको भन्दै उहाँले सामाजिक जीवनलाई खलबलिन नदिनेगरी अनुशासित ढंगले आफ्ना क्रियाकलापलाई निरन्तरता दिनुपर्ने तर्फ सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । सचेतता अपनाईएन भने फेरि पनि लकडानमा जानुपर्ने हुनसक्ने भन्दै उहाँले पर्याप्त सावधान रहेर अनुशासित बन्न आग्रह गर्नुभयो
उहाँले भन्नुभयो “लकडाउन गर्नै हुदैन भन्ने देशहरु दोहोर्याएर तेहर्याएर लकडाउनमा जादैछन। हामीले पनि समयमै सचेतनता अपनाएनौ भने, सावधानी अपनाएनौ भने फेरि हामी लकडाउनमा पुग्दैनौ भन्ने कुनै ग्यारेण्टी हुदैन । हामी आफै घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा हुन्छौ किनभने ज्यान खतरामा हुन्छ । सेकेण्ड वेभ, थर्ड वेभ आईरेको भन्छौ नि । त्यो वेभ कसरी आउँछ ?… त्यसले केही पनि बुझ्दैन । त्यो त यति सानो छ कि । त्यसको बुझ्ने खालको गिदि हुदैन। केही पनि बुझ्दैन त्यसले । सेकेण्ड वेभ पनि बुझ्दैन । थर्ड वेभ पनि बुझ्दैन । हामी जति छाडा हुन्छौ त्यत्ति चम्किन्छ । जति नियन्त्रित हुन्छौ त्यसले खुम्चिन बाध्य हुन्छ । त्यो सिद्धिन बाध्य हुन्छ । हाम्रो व्यवहारमा त्यो निर्भर हुन्छ । …हामीले मास्क लगाउन छोडिदियौ फेरी सर्न सुरु भयो । हामीले अनुशासित पन आउन समय लाग्यो भने बढ्दै जान्छ । जब अनुशासित हुन्छौ तब घट्दै जान्छ । ”
उद्योग बाणिज्य महासंघले ल्याएको आर्थिक रुपान्तरण सम्बन्धी प्रतिवद्धता सकारात्मक कदम भएको भन्दै उहाँले त्यसलाई सफल पार्न सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । सन् २०३० सम्म दिगो विकासका सबै लक्ष्य हासिल गरि विकसित मुलुकको रुपमा उभ्याउने राष्ट्रिय आकांक्षा पुरा गर्ने उद्देश्य साथ सरकार अघि बढीरहेको भन्दै उहँले त्यसमा बिलम्ब हुने गरि कसैले काम गर्न नहुने तर्फ सचेत गराउनुभयो । दिगो विकासका लक्ष्य सन् २०३० सम्म पुरा गर्नुपर्ने भएकाले तिब्र विकासमा जानै पर्ने बाध्यता सरकारलाई रहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “सन् २०३०, संयुक्त राष्ट्रसंघले तोकेको दीगो विकास लक्ष्य पुरा गर्ने अन्तिम बर्ष पनि हो । हामीले सन् २०३० अगाडि नै दिगो विकासको लक्ष्य पुरा गर्नुपर्छ । सरकार भिजनहिन ढंगले अघि बढीरहेको छैन । ढुगा फ्याँकिदियो अनि जहाँ ढुंगा खस्छ, त्यही मैले ताकेको ठाउँ हो भन्ने । यो चलाखी सरकारले गर्दैन । ”
उहाँले बैदेशिक लगानीका स्टाटअप बिजनेसका लागि सरकारले तोकेको लगानीको सिमा सही र यथार्थपरक रहेको दाबी गर्नुभयो । भुटान र माल्दिभ्सको उदाहरण दिदै उहाँले नेपालमा लगानी गर्न आउनेहरुले यहीबाट कमाएर प्लेन चढ्ने वातावरण श्रृजना गरेर नेपालले फाईदा लिन नसक्ने तर्फ उद्योगीहरुको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो “विदेशीहरुको स्टाटअप हामीले यहाँ गर्दिने हो र ? यहाँ आएर शैलुन पनि लगानी भनेर खोल्ने, चिया पसल पनि लगानी भनेर खोल्ने, पान पसल पनि लगानी भनेर खोल्ने, अनि ५ करोड नेपाली रुपैया पनि लगानी गर्देन भने बञ्चरे डाँडा मात्रै पनि अर्को खोज्नुपर्ने किन ? हामीले खुद्रा चिया पसल खोल्नलाई इन्भेष्टर आउ भनेको होइन । भुटानले दिनको यति डलर खर्च नगर्नेलाई पस्न दिन्न भन्छ र पस्न दिदैन । पैसा भरेको एउटा कार्ड मात्र बोकेर आउ भन्छ माल्दिभ्सले । सबै कुरा यही पाईन्छ भन्छ उसले । ५ लाख डलर पनि इन्भेष्ट नगर्नेले के चाहीँ इन्भेष्ट गर्छ ? दारी काट्ने ? ५० हजार लिएर आएर फर्किने भाडा बोकेर आउँछ कि नलिईकन ? ५० हजार लिएर आयो अनि प्लेन भाडा पनि कमाएर लिएर जाने हो भने यसले देशलाई योगदान गर्छ र ? मैले धेरै बुझेको छैन । पशुपतिको टुरिस्ट जस्तै । पिठो पनि बोकेको हुन्छ । खुर्सानी पनि बोकेको हुन्छ । स्टोभ पनि बोकेको हुन्छ । मटितेल पनि ग्यालीन पनि बोकेको हुन्छ । पशुपतिको दर्शन गर्छ । अलिकति हाम्रो खर्च बढाउँछ जान्छ । हामीले खोजेको टुरिजम यो हो र ? यो त धर्मकर्म गर्ने र पुण्य कमाउने मान्छेको कुरा हो । खर्च गर्ने मान्छेको कुरा होइन । हामीले टुरिस्ट खोजेको हो । इन्भेष्टर खोजेको हो । जसले इन्भेष्ट गर्छ । ”
प्रधानमन्त्री ओलीले कोभिड १९ ले केही गम्भीर धक्का पुर्याएको भएपनि सरकार सबै क्षेत्रमा सम्हालिएर अघि बढीरहेको र सफलता पनि प्राप्त गरेको दाबी गर्नुभयो । व्यापार घाटालाई कम गर्नतर्फ सरकारले सफलता प्राप्त गरेको उहाँले बताउनुभयो । उहाँले आयात निर्यातको सन्तुलन मिलाउने तर्फका प्रयास सफलताउन्मुख भएको,मजदुर हड्तालको समस्या समाधान हुनुको साथै नेपालबाट हिंसा समाप्त भएकाले उद्योग विस्तारका लागि उपयुक्त वातावरण बनेकाले उद्योग व्यापारलाई शान्तिपुर्ण र भयरहीत वातावरणमा अघि बढाउन सकिने बताउनुभयो ।









































