HomeFeatureप्रधानमन्त्री ओलीको भष्मासुर प्रवृतिको अन्त्य गरी प्रतिनिधि सभा पुनर्स्थापना गर्छौः माधव नेपाल

प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृतिको अन्त्य गरी प्रतिनिधि सभा पुनर्स्थापना गर्छौः माधव नेपाल

काठमाण्डौ, 22 जनवरी 2021

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृतिको अन्त्य गरी प्रतिनिधि सभा पुनस्थापना गरिने बताउनुभएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्दमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृतिको अन्त्य गर्दै प्रतिनिधि सभाको पुर्नगठन गरिने बताउनुभएको हो । उहाँले पार्टीले केपी ओली बनाएको भएपनि ओली भष्मासुर बनेको भन्दै भष्मासुरलाई पार्टीले सिध्याउने बताउनुभयो । भष्मासुर प्रवृतिको अन्त्यपछि नयाँ ढंगले अघि बढ्ने उहाँको भनाई छ ।

उहाँले प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, पार्टी र देशको स्थायित्वमाथि खड्ग प्रहार गरेको बताउनुभयो । अध्यक्ष नेपालले अरु राजनीतिक दलहरुले फेरी केपी ओलीसँग मिल्ने हुन कि भन्ने आशंका गरेको भन्दै केपी ओलीसँग झुक्ने कुनै काम नगर्ने बताउनुभयो । ओलीसँग मिल्छन् भन्ने भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो । आफुहरुले मुल्य र विचारको राजनीति गरेपनि ओली कम्युनिष्ट आदर्शमा सर्मपित नभएको र सिद्दान्तनिष्ठ नभएको उहाँको भनाई छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओली हिटलरको बाटो हिडेको टिप्पणी गर्नुभयो । ओली निर्वाचित व्यक्ति भएपनि संवैधानिक कु गरेको उहाँले बताउनुभयो । नेपाली जनता ओलीको हिटलर प्रवृत्तिसँग नडराउने उहाँको भनाई छ । संविधानले राजनीतिक स्थायित्वको सुनिश्चितता, नियन्त्रण र सन्तुलनको सिद्धान्त राखेपनि ओलीले आफुमा मात्रै शक्ति केन्द्रीत गरेको उहाँले बताउनुभयो । एकाधिकारवादको विरोधमा आफुहरु रहेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीसँग पार्टी र संसदको बहुमत हिस्सा नरहेपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने भएपनि नरसंहार गरेको अध्यक्ष नेपालको भनाई छ । पार्टीको सम्पूर्ण तह र तप्कामा आफुहरुको अत्याधिक बहुमत भएको र ओलीसँग सानो अरिंगालको झुण्ड र साइबर सेना मात्रै भएको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले सुर्य चिन्ह निर्वाचन आयोगबाट ल्याउने मान्छे आफु जिउँदै भएकोले सुर्य चिन्ह आफुहरुले नै पाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...