HomeFeatureप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौँ, ५ मार्च, २०२०
दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गराउनु भएका ओलीको प्रत्यरोपित मृगौलाले पनि सामान्य रुपमा काम गर्न थालेको चिकित्सकहरुले बताएका छन् । ओलीलाई आजबाट तरल र नरम आहार दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताउनुभयो । खड्काले ओलीका सबै भाइटल र ल्याब सूचकहरु पनि सामान्य अवस्थामा रहेको बताउनुभएको छ । प्रधानमन्त्रीलाई मृगौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि स्थिर रहेको बताइएको छ । उहाँलाई पनि आजबाट तरल र नरम आहार दिन सुरु गरिएको उहाँले बताउनुभयो ।

भारत, पाकिस्तान, जापान लगायत देशका प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताउनुभयो । थापाले नेपालका लागि चिनियाँ, जापानी र पाकिस्तानी राजदूतहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको उहाँले बताउनुभयो । जापान र पाकिस्तानका राजदूतले अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । भने चिनियाँ राजदूतले टेलिफोन मार्फत स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्रीको ओलीको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...