HomeFeatureप्रधानमन्त्री ओलीद्वारा मेक इन नेपाल स्वदेशी अभियानको उद्घाटन, मुलुकमै उत्पादन गर्नु पर्नेमा...

प्रधानमन्त्री ओलीद्वारा मेक इन नेपाल स्वदेशी अभियानको उद्घाटन, मुलुकमै उत्पादन गर्नु पर्नेमा जोड

काठमाण्डौ, 8 मार्च 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार सन्तुलन गर्न उपभोग्य वस्तुमा आत्मनिर्भर हुन आवश्यक रहेको बताउनु भएको छ ।  सोमबार मेक इन नेपाल स्वदेशी अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको व्यापार सन्तुलन गर्नका लागि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुनुपर्ने बताउनुभएको हो । कृषि प्रधान देशमा कृषि भएपनि कृषिमा आधारित उद्योग नभएको भन्दै उहाँले उद्योग स्थापना गरी आवश्यक सामाग्रीहरु बनाइ बाहिर बेच्नुपर्ने पनि बताउनुभयो । अन्यत्र मुलुकमा बनेका सामान खरिद गर्नुका भन्दा मुलुकमै उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको लागि गुणस्तरिय शिक्षामा ध्यान दिनुपर्ने पनि बताउनुभयो । प्राविधि शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई छ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले मेक इन नेपाल स्वदेशी अभियान स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित शुरू गरेको बताउनुभयो । मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...