HomeFeatureप्रधानमन्त्री ओलीलाई सांसदहरूद्वारा प्रश्नै-प्रश्नको झटारो

प्रधानमन्त्री ओलीलाई सांसदहरूद्वारा प्रश्नै-प्रश्नको झटारो

काठमाण्डौँ, 15 फरवरी 2020

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो दुई वर्षे कार्यकाल पुरा गरेको छ। सरकारले आफ्नो दुई वर्षे कार्याकालमा गरेका कामहरुको प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधिसभामा फेहरिस्त सुनाउनुभएको छ। प्रधानमन्त्रीले सरकारले गरेका कामहरुको चर्चा गरेसँगै सांसदहरुले उहाँलाई विभिन्न प्रश्न गरेका छन्। एम.सी.सी.-को विषयमा सरकारको आधिकारिक धारणा माग गर्नेदेखि, नेपाल ट्रष्टको जग्गा यति समूहलाई भाडामा दिएको विषय र सीमा समस्यादेखि मन्त्रिमण्डलमा ३३ प्रतिशत महिलाको सहभागिता किन भएन लगायतका प्रश्न सांसदहरले गरेका छन्।

सांसदहरुले प्रधानमन्त्री ओलीर्लाइ सोधेका प्रश्नहरु यसप्रकार छन्।

सांसद दिलेन्द्र प्रसाद बडु

सीमा विदाका बारेमा एक लाइन खर्चिनुभएको छ। कालापानी र सुस्ता प्रधानमन्त्री स्तरमा कहिले वार्ता हुन्छ ?

कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा कहिले सार्वजनिक हुन्छ?

कालापानी क्षेत्रमा सुरक्षा चौकी कहिलेसम्म स्थापना हुन्छ?

दार्चुला तिंकर सडक कहिले सम्पन्न हुन्छ?

सांसद सरिता गिरी

समाजवादी दलको सरबारबाट बहर्गिमन पश्चात संविधान संशोधनको च्याप्टर बन्द भएको हो?

उखु किसानहरुको भूक्तानी कहिले हुन्छ?

धनगढीमा थारु आन्दोलन जारी छ। रेशम चौधरी लगायतको रिहाइको बारेमा केही बोल्नुभएन्?

सांसद पुष्पा भूसाल

संविधानले नै राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य भनेको छ। मन्त्रिमण्डल गठन गर्दा नै ३३ प्रतिशत महिलाको उपस्थित गर्न खोजिएको थियो। तर त्यहाँ २५ मा २ जना मात्रै महिलालले ३३ प्रतिशतको संविधानको भावनालाई प्रतिनिधित्व गरेको छ? प्रधानमन्त्री नै संविधान कार्यान्वयनका लागि उदासिन देखिनुभएको हो?

सांसद प्रेम सुवाल

शहीदका आमाहरुले भन्दैछन्, नेताहरु ठेकेदार डोजर टिपर मालिक भएर पैसा कमाउँदैछन्। तीन करोडा २ करोड आफ्नै खल्तिमा राख्छन्। राज्यको उद्योग धन्दा विकास गरेनन्?

कुर्सी ठटाउने ठाउँमा रमाँउँदैछन्। प्रधानमन्त्री ठगहरु घेराभित्र छन्। फेरी लडाई होला जस्तो छ। जनता भन्दैछन्, भक्तपुरमा कोरोना भाइरसको क्वारेन्टाइनस्थल राख्नु र नगरकोटका सडक नबनाउनु नगरकोट पर्यटनलाई समाप्त पर्नु हो। स्थानीय जनतालाई भगाउनु हो। राजधानी उपत्यका बाहिर नलगेसम्म कुनै पनि सरकार सफल हुने छैन्।

सांसद पार्वता डिसी चौधरी

ललिता निवासको जग्गा जसरी फिर्ता ल्याइयो त्यसैगरी मातातिर्थको १७४ रोपनी पनि फिर्ता गर्छौँ भन्नुभयो। ललिता निवासको विषयको मुद्दा विशेष अदालतमा गएको छ। यो विषयमा प्रधानमन्त्रीले बोल्न मिल्छ की मिल्दैन्?

यसले सकारको दबावमा परेर अख्तियारले मुद्दा दायर गरेको भएको प्रष्ट भएको छ। माननिय ज्युहरुको पिजनलमा सुखी नेपाली समृद्ध नेपालको किताब राख्छु भन्नुभएको छ। यो कहिलेसम्म राख्नुहुन्छ ?

सांसद अमृतादेवी अग्रहरी

लाल आयोगको प्रतिवेदन अहिलेसम्म सर्वाजनिक भएको छैन्। त्यो कहिले सम्म सार्वजनिक हुन्छ?

सांसद डिला संग्रौला पन्त

यति समूहसँग किन सरकार सति गयो ट्रष्ट ऐन नै परिवर्तन गरेर। नीतिगत भ्रष्टाचार गर्नुको तत्पर्य के हो?

सांसद रेनुका गुरुङ

सरकारको कामलाई प्रभावकारी बनाउन विषयगत समितिको गठन भएको भएपनि राष्ट्रिय महत्वको विषयमा समितिले दिएको प्रतिवेदन र निर्देशनलाई कार्यान्वय नगर्नुको कारण के हो? यसले संवैधानिक अभ्यासमा प्रतिकुल प्रभाव पार्दैन्?

सांसद रामबहादुर विष्ट

सरकारको तर्फबाट यति होल्डिङलाई ५ वर्षको सम्झौता बाँकी हुदैँ गर्दा गोकर्णको २९ सय ९२ रोपनी जग्गा लिजमा दिनु। शिवपुरीको २ सय १६ रोपानी जग्गा वार्षिक ४० हजारमा यतिलाई दिनु। ताप्लेजुङ पाथिभाराको ३ सय १७ रोपनी जग्गा ८० वर्षका लागि लिजमा यतिलाई दिनु बाध्यता के रहेछ?

यसबाट सरकारलाई फाइदा र नोक्सान कति छ?

दुई तिहाइ बहुमतको सरकार बलियो की कौडीको भाउमा जग्गा प्राप्त गर्ने यति कम्पनी बलियो?

सांसद लक्ष्मी परियार

एकदिनमा केही पनि हुन सक्दैन भन्नुभयो। रेल, मेट्रो रेल आउने कुरा सुरु थियो। २ वर्षमा पनि सुरु भएन्। कहिले हुन्छ?

ललिता निवासकाण्डमा धेरै ब्यांग्यात्मक कुरा राख्नुभयो। तर जसले जग्गा हडपेको हो उसलाई उन्मुक्ति दिने र आफ्नालाई काखा र अर्कालाई पाखा पार्ने यो सरकारको नियत हो?

बेरोजगार युवा घटेका छन् भनेर भन्नुभयो । केही युवाहरुलाई सिंहदरबारमा करारमा भर्ना गर्दैमा बेरोजगार घट्छ र?

सांसद भवानी प्रसाद खापुङ

सामूदायिक विद्यालयमा बाल शिक्षकले अहिले ६ हजार तलब खान्छन्। कर्मचारीले ४ हजार ५ सय देखि ७ हजार ५ सय सम्म लिने गरेका त्। सरकारले तोकेको १३ हजार ५ सय कहिलेबाट प्राप्त गर्छन्?

सांसद प्रकाश रसाइली स्नेही

एमसीसीको विषयमा सरकारको आधिकारिक धारणा प्रष्ट पार्न आग्रह गर्दछु?

अम्लेखगञ्ज—मोतिहारी पाइप लाइनमा लगानी भारतको, प्राविधि भारतको तर उद्घाटन गरेको भरमा त्यसलाई पनि सरकारको उपलब्धि भन्न मिल्छ?

सांसद मिन बहादुर विश्वकर्मा

मिडिया काउन्सिल विधेयकमा सत्य, तथ्य र आधार बिना लेखिएका समाचार उपर ५ वर्ष सजाय र १५ लाख जरिवाना हुने व्यवस्था छ। यदि पत्रकारले लेखेकै समाचार सत्य ठह¥याउने भए अदालतका बाँकी मुद्दा पत्रकारलाई नै जिम्मा लगाए हुदैन र?

समृद्ध नेपाल भयो भन्नुभएको छ । बैदेशिक लगानी भनेजति आएन् राजस्व कम उठ्यो भन्नुभएको छ। यो आफैमा भ्रमपूर्ण भएन?

बजारमा श्रमिकहरुको संख्या कम भएको छ भन्नुभएको छ तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक खाडी मुलुक जानेको संख्या हेर्नुहोस् आफैमा उत्तर आउँछ।

सांसद रंगमति शाही

भ्रष्टाचार गर्दिन र हेर्नपनि सक्दिन भन्नुहुन्छ तर एनसेललाई दिएको कर छुटलाई के भन्नुहुन्छ?

जाडो महिनामा कर्णालीका जनताका लागि कति जोर कपाडा पठाउनुभयो?

कर्णालीका जनता कहिले सम्म अध्याँरोमा बस्छन्?

सडक कालोपत्रे भएको छ भन्नुहुन्छ। धेरै टाढा भन्दिन् सोह्रखुट्टे देखी बालाजुसम्म एक पटक प्रधानमन्त्री ज्यूले गाडीको सिसा खोली हेरिदिनुहुन्थ्यो की?

सांसद सत्य नारायण शर्मा खनाल

उहाँले कर्मचारी समायोजन पुरा भएको छ भन्नुभयो । कति गाउँपालिकामा एउटा वडा सचिव मात्रै छैन् । समायोजन केलाई भनिएको हो?

२, ३ प्रतिशत नयाँ बेरोजगारलाई रोगजारी दिइएको छ भन्नुभयो। पुरानालाई रोजगारी दिने दायित्वभित्र पर्छ कि पदैन्?

सांसद बालकृष्ण खाँड

मानवअधिकार आयोगको विधेयक, सूचना प्रविधि विधेयक, विशेष सेवा विधेयक लगायतका विधेयकले नेपालको संविधान प्रतिकुल हुने धारा अगाडी बढाएको छ। नागरिक हक, अधिकार संकुचन गरको छ। सरकारले संविधानको प्रतिकुल हुन गतिविधि किन गर्दैछ? मौलिक अधिकार कार्यान्वयनमा सरकार किन उदासिन?

सांसद ज्ञानेन्द्र बहादुर कार्की

एमसीसीको बारेमा प्रधानमन्त्रीले चर्च गर्नुभयो। ५ वर्षमा सम्पन्न गर्नुपर्ने एमसीसी कहिले कार्यान्वयन हुन्छ?

सांसद महिन्द्र राय यादव

संविधान सबैका लागि स्वीकार्य छ भन्नुभयो तर तत्कालिन समयमा समाजवादी पार्टीसँग संविधान संशोधन लगायत २ बुँदे सम्झौता गर्नुभएको छ । के छ यसको अवस्था?

सांसद दिव्यमणि राजभण्डारी

चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा लगानी किन कम गरियो?

सांसद राजेन्द्र कुमार केसी

आफ्नो पहिलो कार्यकालमा तुइन एक वर्षभित्रमा विस्थान गर्ने भन्नुभएको थियो। तर दोस्रो कार्यकालको २ वर्षपछि आज आफै १३ वटा विस्थापन हुन बाँकी रहेका छन् भन्नुभयो। जाबो एउटा तुइन विस्थापन गर्न नसक्ने सरकारले ठूला ठूला विकास गर्छु भनेर जनतो पत्याउलान?

सांसद मिना सुब्बा

नेपाल ट्रष्टको जग्गाका विषयमा गरेको निर्णयहरु भ्रष्टाचार भित्र पर्दैनन्? व्यवहारमा जवाफ चाहियो।

सांसद चित्रलेखा यादव

सबैलाई न्याय दिने लोकतन्त्रमा विश्वास दिन्छु भन्नुभएको छ। यहि संसदमा कोहीलाई करोडपति र कोहीलाई खागपति बनाउने काम भएको छ।

सांसद हिरा गुरुङ

के सरकार एकदलिय पञ्चायती सरकारको मार्गमा हिडेको हो?

द्वन्दकालिन मुद्दाहरुको समाधान कहिले हुन्छ?

सांसद सुजाता परियार

महिलामाथि दिन प्रतिदिन हिंसाका घटना बढ्दै गएका छन्। तर संवैधानिक महिला आयोग किन २ वर्षदेखि रिक्त रहेको छ? आयोग पूर्ति गर्न कसले र किन रोकेको छ?

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...